Logo

२०८२ मंसिर २५ गते बिहिवार

२०८२ मंसिर २५ गते बिहिवार

विवाहित डीएसपी नेपाल र असई पुरीको लभ परेपछि...

विवाहित डीएसपी नेपाल र असई पुरीको लभ परेपछि...


  • 876
    Shares

    विवाहित डीएसपी नेपाल र असई पुरीको लभ परेपछि...
    images

    रूपन्देही । रूपन्देही प्रहरीले प्रहरी सहायक निरीक्षक गीता पुरीलाई पक्राउ गरेको छ ।

    बहुविवाहको उजुरीका आधारमा डीएसपी मधु नेपाल पक्राउ परेपछि रुपन्देही प्रहरीले पुरीलाई पनि पक्राउ गरेको हो ।

    नवलपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत डिएसपी नेपाल र बुटवल धागो कारखानास्थित प्रहरीको विशेष सुरक्षा गणमा कार्यरत प्रहरी सहायक निरिक्षकले दोस्रो विवाह गरेको भन्दै डीएसपी नेपालकी जेठी श्रीमती तारा नेपाल खनालले जाहेरी दिएकी थिइन् ।

    जाहेरीपछि प्रहरीले दुवै जनाको नाममा रूपन्देही जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएको सूचना पाएपछि उनीहरु आफै प्रहरी कार्यालयमा पुगेका थिए ।

    दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको रूपन्देही प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १९:११:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij