२०८२ मंसिर २५ गते बिहिवार
काठमाडौँ । मदन ढकाल र देवी घर्तीमगरको स्वर रहेको “मिर्मिरेमा बासेको भाले” सार्वजनिक भएको छ । उक्त गित टिएम म्यूजिक प्रोडक्सन युटुब च्यानलबाट रिलिज भएको हो ।
शिब हमालको शब्द र संगित रहेको यस गितमा कृष्ण केसीले एरेन्ज गरेका छन् । चर्चित कलाकारहरु सागर लम्साल (बले) र सुनिशा बजगाई (सिता)ले रोमान्चक अभिनय गरेका छन् ।
जेरी भण्डारीद्वारा निर्देशित उक्त भिडियो अहिलेका व्यस्त छायाँकार राजेश घिमिरेले खिचेका छन् भने सुजन कोइरालाले सम्पादन गरेका छन् ।
चलचित्र क्षेत्रका ब्यस्त रंग संयोजक रेनिस फागोले रंग भरेका छन् ।
हेनुस् भिडियो
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij