२०८२ फाल्गुण २३ गते शनिवार
भारतको जम्मूमा तीर्थयात्री बोकेको बस बिहीबार दिउँसो दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त बस तीर्थयात्रीहरूले भरिएको थियो।
बस जम्मू–पुन्छ राजमार्गमा पर्ने काली धर मन्दिर नजिकै टाङ्ली मोडमा १५ मिटर तल खाल्डोमा खसेको अधिकारीहरूले बताएका छन्। बसमा ७० भन्दा धेरै यात्रु रहेका बताइएको छ।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएअनुसार बस उत्तर प्रदेशको हातरस तथा हरियाणाको कुरुक्षेत्रबाट यात्रु बोकेर शिवखोरी धाम गइरहेको थियो। शिवखोरी धाम जम्मू डिभिजनको रियासी जिल्लाको पौनीमा अवस्थित छ।
घाइतेहरूलाई अखनूरको स्थानीय अस्पताल र जम्मूको सरकारी मेडिकल कलेजमा लगिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij