Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

रिडिङ सेन्सरको ‘त्रुटि’ ले रेकर्ड तापक्रम देखिएको हुनसक्छ– भारत मौसम ब्युरो

रिडिङ सेन्सरको ‘त्रुटि’ ले रेकर्ड तापक्रम देखिएको हुनसक्छ– भारत मौसम ब्युरो


  • 2.3K
    Shares

    रिडिङ सेन्सरको ‘त्रुटि’ ले रेकर्ड तापक्रम देखिएको हुनसक्छ– भारत मौसम ब्युरो
    images
    भारत सरकारको मौसम ब्यूरोले मापन गर्ने उपकरणमा त्रुटिका कारण एक स्टेसनको मापनमा राजधानीमा सम्भावित कीर्तिमानी तापक्रम देखिएको हुनसक्ने बुधबार बताएको छ । 
     
    “अन्य स्टेसनको तुलनामा मुङ्गेशपुरमा ५२ दशमलव नौ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ”, भारत मौसम विज्ञान विभाग (आइएमडी) ले दिल्ली उपनगरको एक स्टेसनबारे उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, “यो सेन्सरमा त्रुटि वा स्थानीय कारकका कारण हुनसक्छ, आइएमडीले डाटा र सेन्सरको जाँच गरिरहेको छ ।”
     
    विभागले राजधानीभर तापक्रम र वर्षा अवलोकन गर्ने मुङ्गेशपुरसहित पाँच प्रमुख मौसम अनुगमन स्थल र १५ स्वचालित मौसम स्टेसन सञ्चालन गर्दै आएको बताएको छ । मुङ्गेशपुरबाहेक ती स्थानमा बुधबार दिल्लीमा अधिकतम तापक्रम ४५ दशमलव दुईदेखि ४९ दशमलव एक डिग्री सेल्सियस रेकर्ड गरिएको विज्ञप्तिमा उल्लेख छ । 
    मङ्गलबार दिल्लीका दुई स्टेसन मुङ्गेशपुर र नरेलामा ४९ दशमलव नौ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । ती रिडिङ पनि सन्देहको घेरामा थिए कि भन्नेबारेमा स्पष्ट थिएन । 
     
    सन् २०२२ मा दिल्लीको तापक्रम ४९ दशमलव दुई डिग्री सेल्सियससम्म पुगेको थियो । सन् २०१६ मा राजस्थानको थार मरुभूमिको किनार फलोदीमा रेकर्ड गरिएको ५१ डिग्री सेल्सियस तापक्रम नै भारतमा सबैभन्दा उच्च भएको पुष्टि गरिएको थियो । 
     
    ‘जल निकायको निकटता, बाँझो भूमि’ पार्क वा बाक्लो आवासजस्ता कारणले सहरी क्षेत्रहरूमा तापक्रम स्थानअनुसार फरक हुने ब्युरोले बताएको छ । 
     
    तीन करोडभन्दा धेरै जनसङ्ख्या भएको दिल्ली भीषण गर्मीको चपेटामा छ । आइएमडीले यस साता राजधानीका लागि रेड अलर्ट स्वास्थ्य सूचना जारी गरेको छ । सूचनामा चेतावनी दिँदै भनिएको छ, “सबै मानिसमा गर्मीको रोग र हिट स्ट्रोक हुने उच्च सम्भावना छ, कमजोर व्यक्तिहरूलाई अत्यधिक हेरचाहको आवश्यकता छ ।”
     
    – न्युज एजेन्सी 

    प्रकाशित मिति :जेठ १७ २०८१ बिहिवार - ०६:३९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij