Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु

भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु


  • 2.5K
    Shares

    भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु
    images

    काठमाडौं । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन्। राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मृत्यु हुनेको खबर आएको हो।

    राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ। स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या सोमबार २ हजार ८ सय नौबाट बढेर ३ हजार ६ सय २२ पुगेको छ।

    मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ। विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ। भारतका ठुलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ।

    गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो । एजेन्सी ।

    प्रकाशित मिति :जेठ १६ २०८१ बुधवार - ०९:५०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij