Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

हङकङमा मोटरसाइल दुर्घटनामा भारतीय मूलकी महिलाको मृत्यु

हङकङमा मोटरसाइल दुर्घटनामा भारतीय मूलकी महिलाको मृत्यु


  • 2.0K
    Shares

    हङकङमा मोटरसाइल दुर्घटनामा भारतीय मूलकी महिलाको मृत्यु
    images

    काठमाडौं । हङकङको ताइपोमा मोटरसाइकल दुर्घटनामा परी भारतीय मूलकी महिलाको मृत्यु भएको छ।

    ताइपो नजिकै डाउनहिलमा ड्रप ब्यारिअरमा बाइक ठोकिँदा अचेत बनेकी उनको उपचारका क्रममा मृत्यु भएको द स्ट्यान्डर्डले जनाएको छ।

    आइतबार साँझ करिब ७ बजे ३१ वर्षीया ती महिला अचेत अवस्थामा फेला परेकी थिइन्। ताइमेइ तक रोडबाट ताइमेइ तक टाउन सेन्टरतर्फ जाने क्रममा मोटरसाइकलको नियन्त्रण गुमाएर ब्यारिअरमा ठोकिन पुगेको प्रहरी अनुसन्धानले देखाएको छ।

    अचेत अवस्थामा भेटिएकी उनलाई एलिस हो मिउलिङ नेदरसोल अस्पताल लगिएको थियो। जहाँ उनलाई राति ८ बजे मृत घोषित गरियो। अस्पताल स्रोतका अनुसार उनको छातीमा गहिरो चोट लागेको छ।

    प्रकाशित मिति :जेठ १४ २०८१ सोमवार - १०:०२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij