२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    नाइजर । नाइजेरियाको नाइजर स्टेटमा हतियारधारीले आक्रमण गर्दा १० जना मारिनुका साथै १६० गाउँले अपहरणमा परेका छन् । उक्त आक्रमण नाइजेरियाको मिलिट्यान्ट इस्लामिस्ट ग्रुप (बोको हराम)ले गरेको मानिएको छ ।
ठूलो संख्यामा आएका उनीहरूले स्थानीय कुची गाउँ शुक्रबार राति कब्जामा लिएको स्थानीय अधिकारीले बताएका छन् ।
अपहरणमा परेका मानिसमा अधिकांश महिला र केटाकेटी छन् । मारिनेमा स्थानीय सुरक्षाकर्मी पनि छन् ।
मोटरसाइकलमा आएर उनीहरूले अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरूले करिब दुई घण्टा त्यहाँ खाना पकाउने, चिया बनाउने र घरमा लुटपाट गरेर बिताएको जनाइएको छ । बीबीसीबाट ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij