Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

म्यानमारमा ७ वर्षीया बालिकाको मृत्यु

म्यानमारमा ७ वर्षीया बालिकाको मृत्यु


  • 5.9K
    Shares

    म्यानमारमा  ७ वर्षीया बालिकाको मृत्यु
    images

    म्यानमारमा सेनाले हानेको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ ।

    सत्ता हातमा लिएर सैनिक कू गरेको सेनाले आन्दोलन दबाउन प्रदर्शनकारीमाथि गोली चलाउने क्रममा मन्डलेस्थित आफ्नै घरमा बसिरहेकी बालिकाको मृत्यु भएको हो ।

    ७ वर्षीया बालिकालाई सेनाले हानेको गोली लागेर घाइते अवस्थामा उपचारकालागि लैजादै गर्दा मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सैन्य शासनविरुद्ध चलिरहेको आन्दोलनमा ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरकी नागरिक हुन् ।

    साथै उनका १९ वर्षीय दाइलाई पनि सेनाले पक्राउ गरेको छ । उनलाई पनि घरबाटै पक्राउ गरिएको जनाइएको छ । सेभ द चिल्ड्रनका अनुसार मनमारमा सैन्य शासन लागू भएयता २० जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

    अहिलेसम्म आन्दोलनका क्रममा १ सय ६४ जनाको मृत्यु भएको म्यानमारको सेनाले जनाएको छ । गत १९ माघमा सेनाले जननिर्वाचित नेत्री आङ सान सु चीसहित अन्य नेता र मन्त्रीहरूलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको थियो । सेनाले सत्ता हातमा लिएयता म्यानमारमा दैनिक प्रदर्शन भइरहेका छन् । एजेन्सी

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - ११:१२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij