Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

चारमध्ये एक सिरियाली ‘चरम गरिबी’ मा रहेको विश्व बैङ्कको भनाइ

चारमध्ये एक सिरियाली ‘चरम गरिबी’ मा रहेको विश्व बैङ्कको भनाइ


  • 1.6K
    Shares

    चारमध्ये एक सिरियाली ‘चरम गरिबी’ मा रहेको विश्व बैङ्कको भनाइ
    images

    सिरियाका एक चौथाइभन्दा बढी नागरिक चरम गरिबीमा बाँचिरहेका विश्व बैङ्कले शनिबार सार्वजनिक रिपोर्टमा उल्लेख गरेको छ ।

    “विनाशकारी गृहयुद्धको १३ वर्ष बितिसक्दा पनि शान्ति स्थापना नहुँदा सिरियाली अर्थतन्त्र खराब बनेको र लाखौं मानिस ‘चरम गरिब’ को सूचीमा रहेका छन्,” विश्व बैङ्कको रिपोर्टमा भनिएको छ ।

    विश्व बैङ्कले सिरियाबारे दुई नयाँ प्रतिवेदन प्रकाशित गर्दै ‘२७ प्रतिशत सिरियाली अर्थात् करिब ५७ लाख मानिस चरम गरिबीमा बाँचिरहेका’जनाएको हो । 

    अरब राष्ट्र सिरियामा द्वन्द्व अघि चरम गरिबी लगभग अस्तित्वहीन थियो तर सन् २०२२ सम्ममा द्वन्द्वले चारमध्ये एकभन्दा बढी सिरियालीलाई प्रभावित गरेको र गत वर्षको विनाशकारी भूकम्पपछि यो अवस्था थप खराब भएको हुन सक्ने रिपोर्टमा उल्लेख छ । 

    भूकम्पका कारण करिब छ हजार मानिसको मृत्यु भएको थियो ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ९० प्रतिशत सिरियालीहरू गरिबीमा बाँचिरहेका छन् भने एक दशकभन्दा लामो युद्धपछि करिब २० लाख मानिस चरम गरिबीमा बाँचिरहेका छन् ।

    प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर छिमेकी लेबनानको आर्थिक मन्दी, कोभिड–१९ महामारी र युक्रेनमा जारी युद्धका कारण सिरियाली घरपरिवारको कल्याणमा ह्रास आएको उल्लेख गरिएको छ ।

    सिरियामा जारी गृहयुद्धले अर्थतन्त्र, पूर्वाधार र उद्योगधन्दा समेतलाई तहसनहस बनाएको छ भने पश्चिमा प्रतिबन्धले सिरियाको समस्या बढाएको छ ।

    “‘निरन्तर आर्थिक अभाव र मानवीय सहायतामा सीमित पहुँच’ ले गरिब सिरियालीहरूलाई थप तनावमा पारेको छ र यसले पहिले नै ‘बढ्दो मूल्य, अत्यावश्यक सेवाहरूमा पहुँच कम भएको र बढ्दो बेरोजगारी’ को सामना गरिरहेको छ,” विश्व बैङ्कले भनेको छ ।

    संयुक्त राष्ट्रसङ्घले यसअघि एएफपीलाई सन् २०२४ का लागि सिरियाका लागि मानवीय सहायता योजनाका लागि चार अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने बताएको थियो ।

    अन्तर्राष्ट्रिय समुदायले सोमबार ब्रसेल्समा सिरियाका लागि वार्षिक प्रतिबद्धता सम्मेलनमा आर्थिक सहयोग जुटाउने प्रयास गर्ने भएको छ ।

    अवसरको अभाव र घट्दो सहायताका कारण धेरै सिरियालीहरू बाँच्नका लागि विदेशमा रहेका आफन्तबाट पठाएको पैसामा भर पर्न बाध्य भएका छन् र विश्व बैङ्कले ‘सन् २०२२ मा सिरियाली घरपरिवारले प्राप्त गर्ने विप्रेषणको कुल मूल्य करिब एक अर्ब ५ करोड अमेरिकी डलर पुगेको’ अनुमान गरेको छ ।

    सन् २०२३ मा सिरियाको कुल गार्हस्थ्य उत्पादन ६.२ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

    सिरियाको कुल गार्हस्थ्य उत्पादन सन् २०२३ मा १.२ प्रतिशतले घटेको थियो भने सन् २०२४ मा थप १.५ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ ।

    मुद्राको अवमूल्यनको असरका साथै निरन्तर अभाव र खाद्यान्न तथा इन्धनका लागि थप अनुदान कटौतीका कारण सन् २०२४ मा मुद्रास्फीति उच्च रहने अनुमान प्रतिवेदनमा उल्लेख छ । 

    सन् २०११ मा दमास्कसले सरकार विरोधी प्रदर्शनमाथि दमन गरेपछि सुरु भएको सिरियाली युद्धमा पाँच लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् ।

    – न्युज एजेन्सी 

    प्रकाशित मिति :जेठ १३ २०८१ आइतवार - ०७:३४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij