Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

चारधाम यात्रामा ५२ जनाको मृत्यु

चारधाम यात्रामा ५२ जनाको मृत्यु


  • 5.2K
    Shares

    चारधाम यात्रामा ५२ जनाको मृत्यु
    images

    चारधाम यात्रा सुरु भएयता अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ ।  सञ्चारमाध्यामहरुका अनुसार बद्रीनाथमा १४, केदारनाथमा २३, गंगोत्रीमा ३ र यमुनोत्रीमा १२ जना भक्तजनको ज्यान गएको हाे ।

    मे १० मा भारतले चारधाम यात्रा खुला गरेको थियो । यात्रा खुलाइए यता नै तीर्थयात्रीहरूको भिड थेगिनसक्नु भएको भन्दै केही दिनअघि मात्रै उत्तराखण्ड प्रदेशले चारधाम यात्राका लागि यो महिनाको अन्त्यसम्मका लागि नाम दर्ता प्रक्रिया बन्द गरेको थियो ।

    हृदयाघातका कारण बद्रीनाथ धाममा दर्शन गर्न आएका आठ जना भक्तजनको मृत्यु भएको बताइएको छ । गएको १० वर्षमा केदारनाथमा ३५० तीर्थयात्रीको मृत्यु भएको आँकडा छ । यी मध्ये धेरैको मृत्युको कारण हृदयाघात थियो ।

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - १५:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij