२०८२ भाद्र २७ गते शुक्रवार
किभ । युक्रेनको कार्किभमा रुसी आक्रमणबाट ६ जनाको मृत्यु हुनुका साथै कैयौं घाइते भएपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्ना सहयोगी देशहरुलाई हवाई रक्षा मिसाइल र आधुनिक फाइटर जेट पठाउन अनुरोध गरेका छन् ।
रुसी आक्रमणपछि सो सहरका मानिसहरूलाई आश्रय स्थलहरूमा बस्न भनिएको छ । आक्रमणमा आफ्ना कयौँ भौतिक संरचनाहरूमा क्षति पुगेको र कयौँ कर्मचारी घाइते भएको युक्रेनको सरकारी रेल्वे कम्पनीले बताएको छ । प्लेटेनिभ्का र भोभ्चान्ष्क सहर नजिक लडाई चलिरहेको बताइएको छ ।
युक्रेनको हवाई रक्षाको अभावको फाइदा रुसले उठाइरहेको खार्किभमा भएको आक्रमणले उजागर गरेको दावी युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij