Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

गर्मी बढ्न थालेपछि दिल्लीका सबै विद्यालय बन्द गर्न निर्देशन

गर्मी बढ्न थालेपछि दिल्लीका सबै विद्यालय बन्द गर्न निर्देशन


  • 2.7K
    Shares

    गर्मी बढ्न थालेपछि दिल्लीका सबै विद्यालय बन्द गर्न निर्देशन
    images

    भारतको राजधानी दिल्लीमा गर्मी बढ्न थालेपछि सरकारले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

    दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । शिक्षा निर्देशनालयले अस्ति सोमवार सूचना निकालेर यही जेठ ११ देखि जेठ ३० गतेसम्म सबै विद्यालयलाई गर्मी बिदा दिन निर्देशन दिएको हो ।

    केही विद्यालय बन्द भईसकेका छन् भने केहीले बन्द गर्ने तयारी गरेका छन् । दिल्लीको अधिकतम तापक्रम ४७ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मौसम विभागले केहीदिनको लागि रेड अलर्ट जारी गरेको छ । भारतीय मौसम विभागले यो हप्ता दिल्लीमा अझै गर्मी बढ्ने पूर्वानुमान गरेको छ ।

    विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसममा विश्वभर असर परेको वैज्ञानिकले बताउँदै आएका छन् । तापक्रम बढेसँगै दिल्लीमा लू को लहरको अवधि पहिलेको भन्दा बढेको पाइएको छ । जनस्वास्थ्यका लागि पहिलेको भन्दा लूले गम्भीर असर देखाइरहेको हुनाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले आह्वान गरेको छ । 

    प्रकाशित मिति :जेठ ९ २०८१ बुधवार - ०९:०५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij