Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

हङकङमा भारी वर्षा, सचेत रहन चेतावनी

हङकङमा भारी वर्षा, सचेत रहन चेतावनी


  • 1.9K
    Shares

    हङकङमा भारी वर्षा,  सचेत रहन चेतावनी
    images

    काठमाडौं । हङकङमा मंगलबार बिहानैदेखि भारी वर्षा भएको छ। वर्षाका कारण न्यु टेरिटोरीका धेरै भूभाग प्रभावित भएका छन्।

    हङकङ अब्जर्भेटरीका अनुसार यी क्षेत्रमा ७० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ। त्यस्तै, लान्ताउ टापुको दक्षिणी भागमा १७० मिलिमिटर नाघेको छ।

    भारी वर्षा भएसँँगै जनतालाई सतर्क रहन तथा मौसम परिवर्तनबारे सचेत रहने अब्जर्भेटरीले आग्रह गरेको छ।

    दिउँसो १२ः२५ मा जारी अब्जर्भेटरीको सूचनामा विशेषगरी लान्ताउमा भारी वर्षा जारी रहेको उल्लेख छ। यहाँ प्रतिघण्टा ७० लिलिमिटरभन्दा बढी वर्षा भएको र यसले बाढी ल्याउन सक्ने चेतावनी दिइएको छ।

    बाढीबाट हुने सम्भावित क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई सल्लाह दिइएको छ।

    त्यस्तै, त्यसभन्दा अघि ११ः५५ मा सूचना जारी भएको थियो। यो सूचनामा लान्ताउ टापुको चेङसा मा ९० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको जनाइएको छ।

    ‘भारी वर्षाले अचानक बाढी ल्याउन सक्छ, त्यसैले जनता जलाधारबाट टाढा रहनुपर्छ,’ अब्जर्भेटरीको सूचनामा भनिएको छ, ‘सडकमा बाढी र ट्राफिक जाम हुने सम्भावना रहेकोले चालकहरू सचेत रहनुपर्छ।’

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १०:५६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij