२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ ।
२२ भदौ २०८० मा आंशिक रूपमा सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्ण रूपमा अस्पताल सञ्चालन गरेको हो । सो अस्पतालको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन् ।
पोखरा महानगरपालिका(३० खुदीमा विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै रहेको शिक्षण अस्पतालमा गत साल भदौदेखि बहिरङ्ग सेवा सुरु गरेको थियो ।
बालरोग, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नशा, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट सुरु भइसकेको छ । अस्पतालमा डेन्टल कार्यक्रम चलाउन पूर्वाधार तयार भइसकेको विश्वविद्यालयले जनाएको छ ।
चिकित्सा शिक्षाका कार्यक्रमहरूलाई प्रयोगात्मक अभ्यास गर्न अस्पताल आवश्यक पर्ने भएकाले विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमसँग जोड्ने र विशिष्टीकृत सेवा प्रदान गर्ने विश्वविद्यालयको भनाइ छ ।
अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिइरहेको छ भने औषधी, रेडियोलोजी र इसिजी सेवा पनि सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य विज्ञानतर्फ चिकित्सा शिक्षा आयोगले दिएको कोटामा विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, बीपीटी, बीएस्सी नर्सिङ, बीएनएस कार्यक्रममा पठनपाठन सञ्चालनमा आएको छ ।
अस्पतालले आगामी दिनमा शल्यक्रिया सेवा, सघन उपचार कक्ष ९आईसीयू०, नवजात शिशु सघन उपचार कक्ष ९एनआईसीयू० र अन्तरंग सेवा सञ्चालनको तयारी गरेको विश्वविद्यालयका निर्देशक डा। दीपेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij