२०८२ फाल्गुण २३ गते शनिवार
भारतको पश्चिम बंगालस्थित मालदामा चट्याङबाट ११ जनाको मृत्यु भएको छ। पश्चिम बंगालको मालदा भन्ने गाउँमा बिहीबार चट्याङ लागेर ११ जनाको मृत्यु भएको हो।
मालदाका जिल्ला अधिकारी नितिन सिंघानियाका अनुसार मृत्यु हुनेमा तीन नाबालक छन्। चट्याङ लागेर कैयौँ घाइते भएका छन्। मुख्यमन्त्री ममता बनर्जीले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij