२०८२ फाल्गुण २३ गते शनिवार
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ।
उनलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको उपसभामुखले पुष्टि गरेका छन्। राजधानी ब्रातिस्लाभाभन्दा १५० किलोमिटर टाढा ह्यान्लोभामा एक सरकारी बैठकका क्रममा उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
५९ वर्षीय फिकोको पेटमा गोली लागेको जनाइएको छ। उनलाई लक्षित गरी चार गोली चलाइएको खबर छ।
पेट, हात र खुट्टामा चोट लागेका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ । उनको फेसबुक पेजमा दिइएको जानकारीअनुसार प्रधानमन्त्रीको अवस्था गम्भीर छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij