Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

भारतमा आँधीका कारण १४ जनाको मृत्यु

भारतमा आँधीका कारण १४ जनाको मृत्यु


  • 2.9K
    Shares

    भारतमा आँधीका कारण १४ जनाको मृत्यु
    images

    भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् । 

    आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन् । उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो । 

    सामाजिक सञ्जालमा साभार गरिएका श्रव्यदृश्य सामग्रीहरूमा हावाहुरीबाट बच्न ठूलो विज्ञापन बोेर्डको मुनि धेरै कार तथा अन्य सवारी साधनहरूमा मानिसहरु आश्रय लिएरहेका देखाइएको छ । 

    इन्धन स्टेसनको छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भइ खसेको थियोे । 

    पीडितहरू आँधी र वर्षाको बिचमा इन्धन स्टेसनमा शरण लिइरहेको अवस्थामा उक्त दुर्घटना हुदाँ ठूलो सङ्ख्यामा मानिसहरुको ज्यान गएको स्रोतले जनाएको छ ।  

    स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागका कर्मचारीहरूले विज्ञापन बोर्डको मुनिबाट मानिसहरूको उद्धार गरी स्थानीय अस्पतालमा लगेका थिए । 

    पछिल्लो रिपोर्टका अनुसार मुम्बई पुलिसले अवैध रूपमा जडान गरिएको विज्ञापन बोर्डको मालिकविरुद्ध आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । –रासस 

    प्रकाशित मिति :जेठ १ २०८१ मंगलवार - ११:५७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij