Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

थ्री नेसन्स कप आजबाट, उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान भिड्दै

थ्री नेसन्स कप आजबाट, उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान भिड्दै


  • 9.0K
    Shares

    थ्री नेसन्स कप आजबाट, उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान भिड्दै

    काठमाडौं । थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

    दशरथ रंगशालामा आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले गर्नुहुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साँझ साढे ५ बजे हुने आजको उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान २३ वर्ष मुनिको टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

    अर्को खेलमा नेपाल र कीर्गिस्तानबीच चैत १२ गते प्रतिस्पर्धा हुनेछ । नेपाली टोलीले अर्को खेल चैत १४ गते बंगलादेशसँग खेल्ने छ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीबीच चैत १६ गते फाइनल हुनेछ । प्रतियोगितामा सहभागि हुने दर्शकका लागि कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी जनस्वास्थ्यका मापदण्ड तय गरिएको छ ।

    एन्फाले प्रतियोगिता हेर्न आउनेहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न, ज्वरो मापन गरेर मात्रै रंगशालामा प्रवेश गर्ने नियम लागू गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेसँगै रंगशालामा सावधानी अपनाइएको हो ।

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १०:४७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij