२०८२ भाद्र २७ गते शुक्रवार
एजेन्सी । अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघको चेतावनी र आग्रहलाई बेवास्ता गर्दै ईजरायलले राफाहमा जमिनी आक्रमणको तयारी गरेको छ । यसअघि इजरायलले त्यहाँ ठूल्ठूला हवाई आक्रमण गरिसकेको छ । उसको आक्रमणका कारण करीव ३ लाक प्यालेष्टाइनहरुले रफाह छोडिसकेका छन् ।
इजरायलले संकरी पट्टी अल–मवासीलाई मानवीय क्षेत्र घोषित गर्दै रफाहका मानिसहरूलाई त्यसतर्फ जान भनेपनि उक्त स्थान बस्न योग्य नभएको र पिउने पानीको समेत व्यवस्था नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ बस्नकोनिम्ति आवश्यक संरचना समेत नभएको राष्ट्रसंघले औंल्याएको छ ।
अहिले रफाहलाई इजरायली ट्यांकले रफाहलाई घेरेको बताइएको छ । इजरायली सेनाले त्यहाँ जमिनी कारबाही गर्ने तयारी अनसार ट्यांकद्वारा रफाहलाई घेरेको हो । अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले रफाहमा आक्रमण नगर्न इजरायललाई चेतावनी दिए पनि उसले हमास सिध्याएरै छाड्ने संकल्प पुरा गर्न रफाह आक्रमण गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij