२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । चुनावको मुखमा थुनामा परेका भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाल रिहाइ भएका छन् ।
भारतीय अदालतले उनलाई २१ दिनलाई तारेखमा रिहाइ गरेको भारतीय मिडिया एनडीटिभीले उल्लेख गरेको छ ।
जुन २ मा आत्मसमर्पण गर्नेगरी भारतीय अदालतले केजरिवाललाई तारेकमा छोड्ने फैसला गरेको छ । केजरिवाल गत मार्च २१ मा पक्राउ परेका थिए।
तारेखको रिहाइमा आमआदमी पार्टीले प्रतिक्रिया दिँदै भनेको छ, ‘आज अदालतले थोरै आशाको किरण दिएको छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij