२०८२ भाद्र २७ गते शुक्रवार
रियाद । अर्थतन्त्रमा तेलमाथिको निर्भरतालाई कम गराउन साउदी अरबले अत्याधुनिक सहर ‘निओमः द लाइन सिटी’ बनाउन लागेको छ । १७० किमी लामो सिधा रेखामा बनाइने काररहित यो सहरमा उज्यालो समुद्री तट, विशाल मरुभूमिमा रोपिएका रूख, द्रुत गतिमा चल्ने रेल र नक्कली चन्द्रमा समेत हुनेछन् ।
उसको यस्तो महत्वाकांक्षी परियोजना निर्माण गर्ने क्रममा विभिन्न बस्ती र विद्यालयहरु हटाउनुपर्ने छ । बस्ती र विद्यालय हटाउने क्रममा अवरोध गर्ने जोकसैलाई गोली ठोक्ने अनुमती समेत साउदी दिइसकेको जनाइएको छ ।
५ खर्ब डलर खर्चेर निर्माण गरिने यो सहर निर्माणको निम्ति अहिलेसम्म दर्जनौँ पश्चिमी कम्पनीले हात हालेको बीबीसीले उल्लेख गरेको छ । सहर निर्माणको निम्ति अहिलेसम्म ६ हजार मानिसलाई अन्यत्र सारिसकिएको छ भने यसको विरोध गर्ने १ जनाको हत्या गरिएको छ । यस सम्वन्धमा बीबीसीको जिज्ञासामा साउदी सरकार र निओम व्यवस्थापन दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij