Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कृत्रिम आँखा राख्नि गायिका मेनुका पौडेलले, अब आँखा देख्छिन् त ?

कृत्रिम आँखा राख्नि गायिका मेनुका पौडेलले, अब आँखा देख्छिन् त ?


  • 3.3K
    Shares

    • images
    कृत्रिम आँखा राख्नि गायिका मेनुका पौडेलले, अब आँखा देख्छिन् त ?
    images

    काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेकी छन् । उनले आइतबार तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी हुन् । 

    कृत्रिम आँखा राखेपछि  देख्न नसकेपनि अरूले हेर्दा राम्रो देखिने उनले बताइन् ।अहिले एक आँखामा मात्र  कृत्रिम आँखा राखिने भएकोछ  । अर्को आँखा भने ६ हप्तापछि  मात्र राखिनेछ । एउटा आँखामा भित्र डल्लो पलाएको कारण अहिले आँखा राख्न नमिलेको हो अपरेसन गरेर डल्लो निकालिएए पछि मात्र राख्ने हो । ६ सातापछि त्यसमा पनि आइबल राख्ने मेनुकाले जानकारी दिइन् ।

    ‘पहिले अरुले हेर्दा  मलाई ब्लाइन्ड जस्तो देखिन्थ्यो । यो अपरेसन पछि आँखा देख्ने जस्तो देखिन्छ’, मेनुकाले भनिन्,‘दुबैमा राखेपछि कालो चस्मा लगाउनुपर्दैन ।’ मानिसलाई हेरिरहेको जस्तो देखिएपनि आफूले भने देख्न नसक्ने उनले खुलाइन् ।

    ‘कतिको बुझाई मैले आँखा देख्ने भई भन्ने छ’, उनी भन्छिन्, ‘कतिपय बच्चाहरू दृष्टि विहीनसँग डराउँछन् ।’  ‘अहिले प्रविधिको जमाना हो । आँखा नदेखेपनि आँखा देख्ने जस्तो हुन त पाइयो नि रु’ उनले थपिन् ।

    ‘मैले भारतमै यो अपरेसन गर्ने प्लान गरेको थिए ।  भारतमा यो सेवा उपलब्ध छ भने नेपालमा पनि होला भनेर युके जानु अगाडि तिलगांगा गएको थिए’, उनले थपिन्, ‘युकेबाट फर्किएपछि यसको अपरेसन गरे ।’

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - १३:४९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij