Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

जब हमास लडाकुले बन्धक इजरायली युवतीलाई विवाहको प्रस्ताव राखे पछि…

जब हमास लडाकुले बन्धक इजरायली युवतीलाई विवाहको प्रस्ताव राखे पछि…


  • 3.1K
    Shares

    जब हमास लडाकुले बन्धक इजरायली युवतीलाई विवाहको प्रस्ताव राखे पछि…
    images

    काठमाडौं । इजरायल–हमास युद्धको बीचमा एक इजरायली युवतीले हमासका लडाकुले आफूसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन् ।

    टाइम्स अफ इजरायलसँगकाे कुराकानीमा १८ वर्षीया नोगा वेइसले यस्तो बताएकी हुन् । उनलाई गत वर्ष गाजामा हमास लडाकुले ५० दिनसम्म बन्दी बनाएको थियो ।

    सो समयमा एक हमास लडाकुले उनीसँग विवाह गर्ने इच्छा व्यक्त गरेका थिए ।

    नोगाले टाइम्स अफ इजरायलसँग भनिन्, ‘कैदको १४औं दिनमा ती लडाकुले मलाई औँठी दिए र सबैलाई रिहा गरिदिन्छु । तर, तिमी यहाँ मसँग बस्नुपर्छ र हाम्रो सन्तान जन्माउनु पर्नेछ भनेर प्रस्ताव राखेका थिए ।’

    ती लडाकुले नोगालाई विवाहको बारेमा जवाफ मागे र हाँसे । र, टाउको हल्लाए ​​किनकि उसलाई लाग्यो कि यदि जवाफ आएन भने गोली हानेर मारिनेछ ।

    तर, नोगाले जवाफ दिइनन् । उनलाई गोली नहाने पनि हमासले बन्धक नै बनाइ राख्यो ।

    अन्य लडाकुहरूले पनि हर सम्भव प्रयास गरे नोगालाई मनाउन विवाहका लागि । ती लडाकुका साथीहरूले नोगालाई धेरै माया गर्ने र विवाह गर्न उक्साउँथे । तर, नोगाले मानिनन् ।

    पछि नोभेम्बर २०२३ मा ४ दिने युद्धविराममा नोगा रिहा भएकी थिइन् । नोगाले आफ्नी आमालाई हमास लडाकुको सो प्रस्तावले आफू धेरै डराएको बताइन्।

    सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा प्रवेश गरी १ हजार २ सय जनालाई मारे भने २ सय ३४ जनालाई बन्धक बनाएका थिए । युद्ध अहिले पनि जारी छ ।

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - १६:४३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij