Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

धेरै चिनी खाँदा शरीरमा कस्तो असर पर्छ? एक दिनमा कति खाने?

धेरै चिनी खाँदा शरीरमा कस्तो असर पर्छ? एक दिनमा कति खाने?


  • 4.0K
    Shares

    • images
    धेरै चिनी खाँदा शरीरमा कस्तो असर पर्छ? एक दिनमा कति खाने?
    images

    काठमाडौ । धेरै चिनी खाँदा मधुमेहको जोखिम त छँदैछ, यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । पेय पदार्थ, मिठाइ, केक लगायत धेरै खानेकुरामा चिनीको प्रयोग गरिने भएकाले यसबाट सजिलै टाढा रहन पनि गाह्रै पर्छ ।

    प्राकृतिक रुपमा पाइने फलफूल, मह, उखु जस्ता खानेकुरामा चिनीको मात्रा हुने भएकाले प्रशोधित चिनी सकेसम्म प्रयोग नगर्दा स्वास्थ्यका लागि फाइदाजनक छ । अत्यधिक चिनीको सेवनले शरीरलाई यी ५ किसिमले हानि गर्छ ।

    स्वस्थ रहन एक दिनमा कति मिठाई खान सकिन्छ भनेर तपाई सोच्दै हुनुहुन्छ होला। त्यसोभए हामी तपाईलाई बताउछौं कि WHO ले एक व्यक्तिलाई एक दिनमा ६ चम्चा भन्दा बढी मिठाई नखान सल्लाह दिएको छ।

    कलेजोको समस्या हुने

    चिनीको सेवन धेरै गर्नाले कलेजोमा समस्या हुनसक्छ । वास्तवमा जब हामी चिनी धेरै खान्छौं, तब शरीरमा बढी भएको चिनी फ्याटमा परिवर्तन हुन्छ । बढी भएको फ्याट कलेजोको आसपास जम्मा हुन्छ, जसले गर्दा कलेजो बिग्रिने जोखिम बढ्छ । यसले इन्सुलिन प्रतिरोध, डिस्लिपिडेमिया ९अतिरिक्त ट्राइग्लिसराइड्स०, उच्च रक्तचापको जोखिम बढाउँछ । जुन कलेजोको लागि पनि हानिकारक हुन्छ ।

    चिनीले दिमागमा भ्रम पैदा गर्छ

    अत्यधिक चिनी खाँदा शरीरलाई मात्रै नभएर मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । चिनीले न्युरोट्रान्समिटरलाई असर गर्ने गर्छ र यसले गर्दा बिर्सिने समस्या र भ्रम पैदा हुने, अलमल हुने र मन बेचैन हुने हुनसक्छ, जसकारण डिमेन्सिया र अल्जाइमर्सजस्ता मानसिक समस्याको जोखिम हुन्छ ।

    तौल बढ्ने

    चिनीको अत्यधिक सेवनले शरीरमा बोसो जम्न पुग्छ, जसले मोटोपनको समस्या निम्त्याउँछ । किनकि चिनीमा भएको अत्यधिक क्यालोरीको कारण तौल बढ्छ । साथै क्यालोरी धेरै खाने र त्यसअनुसार शारीरिक व्यायाम नहुनाले तौल बढ्छ ।

    बुढ्यौलीका लक्षण चाँडै देखिने

    चिनीको सेवनले शरीरमा इन्फ्लामेसन ९सुजन० हुन्छ र कोलाजन प्रोटिन ९यो शरीरमा पाइने रेसादार प्रोटिन हो० टुक्रिने गर्छ । जसकारण छालाको लचिलोपन कम भएर चाउरी पर्न थाल्छ । चिनी खाँदा छालाको चमक पनि कम हुन्छ र छालामा चाउरीपन बढ्न थाल्छ ।

    शरीर सुन्निने समस्या

    चिनी धेरै खाँदा शरीर सुन्निने समस्या हुन्छ । त्यस्तै चिनी धेरै खानाले शरीरमा इन्सुलिन प्रतिरोध बढाउँछ । यसले रगतमा चिनीको मात्रा बढेर शरीर सुन्निने समस्या हुनसक्छ ।

    बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरुमा जोखिम हुन्छ ।

    एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - १४:५३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij