Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

हमासद्वारा दुई इजयराइली बन्धकको भिडिओ सार्वजनिक

हमासद्वारा दुई इजयराइली बन्धकको भिडिओ सार्वजनिक


  • 2.3K
    Shares

    हमासद्वारा दुई इजयराइली बन्धकको भिडिओ सार्वजनिक
    images

    काठमाडौ। हमासले एउटा नयाँ भिडियो सार्वजनिक गरेको छ । यसले समूहले अपहरण गरेका थप दुई इजरायली नागरिक जीवित रहेको प्रमाण दिएको छ । 

    भिडियोमा ओमरी मिरानले आफूलाई २०२ दिनसम्म बन्धकमा राखिएको बताएका छन् । अर्का बन्दी किथ सिगेलले भने गत हप्ताको एउटा छुट्टीको उल्लेख गरेका थिए । यो भिडियो हालै रेकर्ड गरिएको देखिएको छ । दुवै इजरायली नागरिकलाई अक्टोबर ७ मा हमासले आक्रमण गरेको दिन अपहरण गरिएको थियो ।

    भिडियोको प्रतिक्रिया दिँदै ओमरी र किथ दुबैका परिवारहरूले उनीहरूको रिहाइ नभएसम्म सङ्घर्ष जारी राख्ने बताएका छन् । दुबैका परिवारले इजरायली सरकारलाई उनीहरूको रिहाइका लागि सम्झौता गर्न अपिल पनि गरेका छन् । 

    हमासले युद्ध विरामको लागि इजरायलको ताजा प्रस्तावलाई विचार गरिरहेको बताएकै समयमा नयाँ भिडियो बाहिर आएको छ । बन्धकहरूको रिहाइको लागि सम्झौता भयो भने रफाहमा नियोजित आक्रमणको निर्णय फिर्ता लिन सकिने इजरायलका विदेशमन्त्रीले शनिवार भनेका थिए । एजेन्सी

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - ०९:४४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij