२०८२ भाद्र २७ गते शुक्रवार
वासिङ्टन । अमेरिकी विशेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीन भ्रमणको क्रममा युक्रेन विरुद्धको युद्धमा रुसलाई सहयोग नगर्न चेतावनी दिएका छन् ।
यस्तो चेतावनीका वावजुदपनि रुसलाई सहयोग जारी राखेमा आफूहरु चीन विरुद्ध कारवाही गर्न बाध्य हुने चेतावनी ब्लिङ्केनले चीनिया विदेशमन्त्री वाङ यीलाई दिएका हुन् । तर कारवाही के/कस्तो हुने ब्लिङ्केनले खुलाएनन् ।
यही २४ देखि २६ अप्रिलसम्म चीनको भ्रमण गरेका अमेरिकी विदेशमन्त्री ब्लिङेकेनले युरोपको सुरक्षामा सबैभन्दा खतरा उत्पन्न भएको दावी गर्दै युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग नगर्न चेतावनी दिएका हुन् । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिङ्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने चेतावनी दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij