Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

पुलमा पानीजहाज ठोक्किँदा चारजना बेपत्ता

पुलमा पानीजहाज ठोक्किँदा चारजना बेपत्ता


  • 1.9K
    Shares

    पुलमा पानीजहाज ठोक्किँदा चारजना बेपत्ता
    images

    दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा चारजना बेपत्ता भएको सहरको आपत्कालीन व्यवस्थापन विभागले बताएको छ ।   

    चालक दलका ११ सदस्य सवार जहाज जिउजियाङ पुलको घाटमा ठोक्किएर पछि डुबेको थियो । विभागका अनुसार तीमध्ये सात जनाको उद्धार गरिएको छ र चारजना बेपत्ता छन् । 

    स्थानीय समयअनुसार मङ्गलबार बिहान छ बजेसम्म बेपत्ताको खोजीका लागि तीन सयभन्दा धेरै प्रहरी अधिकारी र सामुद्रिक उद्धार टोली पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । 

    विशेषज्ञले तुरुन्तै पुलको प्रारम्भिक मूल्याङ्कन गरेर मुख्य संरचनामा कुनै स्पष्ट क्षति नभेटिएको जनाएका छन् । नजिकैको जल क्षेत्रमा ट्राफिक नियन्त्रण लागू गरिएको छ ।    

    प्रकाशित मिति :बैशाख ११ २०८१ मंगलवार - १३:१५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij