Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

केन्यामा हेलिकप्टर दुर्घटनामा सेना प्रमुखको मृत्यु

केन्यामा हेलिकप्टर दुर्घटनामा सेना प्रमुखको मृत्यु


  • 2.2K
    Shares

    केन्यामा हेलिकप्टर दुर्घटनामा सेना प्रमुखको मृत्यु
    images

    नैरोबी । केन्याका सेना प्रमुखको मृत्यु भएको छ । देशको पश्चिम क्षेत्रमा सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार सेना प्रमुख जनरल फ्रान्सिस ओमोन्दी ओगोल्लाको मृत्यु भएको बताइएको छ । 

    सो हेलिकप्टरमा ओगोल्लासमेत अन्य ११ जना उच्च सैन्य अधिकारी सवार थिए । सवारहरूमध्ये २ जना मात्रै बाँचेका छन् ।

    ओगोल्लालाई गएको वर्ष अप्रिलमा सेना प्रमुख नियुक्त गरिएको थियो । त्यसअघि उनले हवाई बलमा कमान्डर र रक्षा बलमा उपप्रमुखको रूपमा काम गरेका थिए । उनले सन् १९८४ को अप्रिल २४ मा केन्याको रक्षा बलमा सहभागी भएका थिए।

    आगामी हप्ता उनी रक्षा सेवामा छिरेको ४० वर्ष पुग्दै थियो । विमान दुर्घटनाको कारण खोज्न छानबिन भइरहेको बताइएको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १४:३५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij