Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

इजरायलले इरानमाथि गर्‍यो मिसाइल आक्रमण

इजरायलले इरानमाथि गर्‍यो मिसाइल आक्रमण


  • 1.6K
    Shares

    इजरायलले इरानमाथि गर्‍यो मिसाइल आक्रमण
    images

    काठमाडौं । इजरायलले इरानमाथि मिसाइल हमला गरेको छ ।

    अमेरिकी अधिकारीहरूले यो जानकारी बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएस न्यूजलाई दिएका छन्। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको वायु रक्षा प्रणाली धेरै प्रान्तमा सक्रिय भएको छ ।

    इरानको सरकारी मिडिया आईआरआईबीले विश्वसनीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘देशका धेरै भागहरूमा सुनिएको विस्फोट एयर डिफेन्स सिस्टमले अज्ञात मिनी ड्रोनहरूलाई लक्षित गरेको कारण भएको हो।’

    इरानी समाचार एजेन्सीका अनुसार शुक्रबार बिहान इरानको उत्तर-पश्चिमी सहर इस्फाहानमा विस्फोटको आवाज सुनिएको थियो। इस्फाहानमा इरानी सेनाको ठूलो हवाई अड्डा छ । यस क्षेत्रमा आणविक हतियारसँग सम्बन्धित धेरै महत्त्वपूर्ण अड्डाहरू पनि छन्।

    इरानको सरकारी सञ्चारमाध्यमले विश्वसनीय स्रोतलाई उद्धृत गर्दै परमाणु हतियारसँग सम्बन्धित साइटहरू सुरक्षित रहेको बताएको छ ।

    समाचार एजेन्सी एपीका अनुसार इरानी सञ्चारमाध्यममा पनि धेरै सहरमा उडान रद्द गरिएको खबर आएको छ । उडानहरू रद्द गरिएका सहरहरूमा तेहरान, शिराज र इस्फाहान पर्छन्।

    यसअघि इरानका विदेशमन्त्री हुसेन अमिर-अब्दुल्लायानले इजरायलले कुनै पनि प्रतिशोधात्मक कारबाही गरेमा तुरून्त र ठूलो मात्रामा जवाफ दिइने बताएका थिए।

    गत आइतबार इरानले इजरायलमा करिब ३०० मिसाइल र ड्रोन प्रहार गरेको थियो । इजरायलले इरानले प्रहार गरेका सबै ड्रोन र मिसाइललाई खसालेको दाबी गरेको थियो ।

    तर, यसपछि मात्र इजरायलले सही समय आएपछि इरानको कारबाहीको पक्कै जवाफ दिने दाबी गर्दै आएको थियो ।

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १०:१७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij