Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य


  • 3.3K
    Shares

    आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य

    काठमाडौं । आयरल्यान्ड ए ले दोस्रो एकदिवसीय खेलमा नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

    आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५० रन बनाए । उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । उनले आठौँ विकेटका लागि लियाम म्याकार्थीसँग ५४ रनको साझेदारी गरे ।

    यस्तै, कप्तान नील रकले ३८ बलमा ३ चौकासहित ४४ रन बनाए । लियाम म्यार्क्थी ३५ र पिटर मुरले १७ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका रिजन ढकाल र शाहब आलमले ३-३ विकेट लिए ।

    प्रकाशित मिति :चैत्र २३ २०८० शुक्रवार - १२:१०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij