२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको पहिलो टी–२० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै वर्षाका कारण खेल रद्द भएको हो ।
दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुनः तालिका सार्ने जनाएको छ ।
टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ । यस खेलसहित क्यानले पुनः नयाँ तालिका सार्वजनिक गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij