Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

ट्रक र यात्रुवाहक भ्यान आपसमा ठोक्किँदा १७ जनाको मृत्यु

ट्रक र यात्रुवाहक भ्यान आपसमा ठोक्किँदा १७ जनाको मृत्यु


  • 4.0K
    Shares

    ट्रक र यात्रुवाहक भ्यान आपसमा ठोक्किँदा १७ जनाको मृत्यु
    images

    दक्षिणी फिलिपिन्समा बालुवाले भरिएको एउटा डम्प ट्रक र एउटा यात्रुवाहक भ्यान आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना मिन्डानाओको दोस्रो सबैभन्दा ठूलो टापुस्थित उत्तरी कोटाबेटो प्रान्तको एन्टिपास नगरपालिकाको मुख्य सडकमा दिउँसो भएको हो ।

    प्रहरी क्याप्टेन गोडोफ्रेडो तुपाजले मृतकहरू भ्यानका चालक र यात्री रहेको बताए । यसअघि मृतकको संख्या १३ रहेको बताइएको थियो । तुपाजका अनुसार मृतकमध्ये छ वर्षका बालक पनि रहेको र उनको अस्पतालमा मृत्यु भएको छ । घाइते एकको उपचार भइरहेको छ ।

    दुर्घटनामा डम्प ट्रकका चालक र त्यसमा सवार दुई यात्रु बचेको र चालकलाई प्रहरी हिरासतमा राखिएको तुपाजले बताए । प्रत्यक्षदर्शीहरूले दुई सवारी ठोक्किनुअघि ट्रकको ब्रेक फेल भएको बताएको आपत्कालीन अधिकारी माइक गारफिनले जानकारी दिए । उनका अनुसार सम्भवतः दुर्घटनाका कारण भ्यानमा आगो लागेको थियो । फिलिपिन्समा घातक दुर्घटनाहरू सामान्य हुन् । यहाँ चालकहरू प्राय नियमहरूको उल्लङ्घन गर्छन र सवारीहरूको मर्मत खराब हुन्छ । साथै ती सवारीमा क्षमताभन्दा बढी सामान लोड गरिन्छ ।

    प्रकाशित मिति :चैत्र १३ २०८० मंगलवार - १७:२९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij