Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ घाइते

चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ घाइते


  • 666
    Shares

    चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ घाइते

    चितवन । चितवनको कालिका नगरपालिका-९ मा अटो दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन् ।

    उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदे गरेको बा.प्र ०६ -००१ ह ०३१५ नम्बरको अटो आफैं अनियन्त्रित भएर नालीमा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सो दुर्घटनामा अटो चालक राप्ती नगरपालिका-९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका -८ की ५६ वर्षीया बिष्णुकुमारी तामाङ, राप्ती नगरपालिका- ९ की २२ वर्षीया बिनी तामाङ, सोही ठाँउका ५५ वर्षका तिलक तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा राप्ती -९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - १९:३८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij