Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने


  • 2.6K
    Shares

    आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
    images

    काठमाडौँ । नेपालको राष्ट्रिय टोलीले सोमबार खेलिने आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० क्रिकेटमा पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । 

    यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी-२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृङ्खला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ । 

    भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्नेछ । त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी-२० र एकदिवसीय शृङ्खला खेल्नेछ ।

    प्रकाशित मिति :चैत्र १३ २०८० मंगलवार - १२:५४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij