Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै


  • 2.8K
    Shares

    नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै
    images

    आइसिसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा आज आयरल्याण्डसँग खेल्दै छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’(आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ।

    नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी-२० खेल खेल्नेछ।

    त्यसपछि यही टिमसँग नेपालको ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ।

    सिनियर टिम भने मंगलबारको खेलपछि भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी–२० खेल खेल्ने तालिका छ।

    सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी–२० र तीन एकदिवसीय खेल्ने तालिका छ।

    त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले आइतबार टी–२० र एकदिवसीय खेल खेल्ने टिम घोषणा गरेको थियो।

     

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - ०७:४६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij