२०८२ फाल्गुण २३ गते शनिवार
भारतीय राज्य दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा नीति मामिलामा बिहीबार (मार्च २१) राति ईडीले सरकारी निवासबाटै पक्राउ गरेको छ।
पक्राउपछि ईडीले केजरीवाललाई आफ्नो कार्यालयमा लगेको थियो। आरएमएल अस्पतालबाट आएको चिकित्सकको टोलीले उनको स्वास्थ्य जाँच गरेको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार ईडीको टोलीले केजरीवालसँग फेरि सोधपुछ सुरु गरेको छ। ईडीले साक्षीहरूको बयानका आधारमा उनीसँग सोधपुछ गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij