२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । हरेक दिन घरहरूमा धेरै मसलाहरू प्रयोग गरिन्छ। बेसार, खुर्सानी, दालचिनी, धनियाँ आदि। यी सबै मसलाहरू खानाको स्वाद बढाउन प्रयोग गरिन्छ, तर के तपाईंलाई थाहा छ यसमा धेरै औषधीय गुणहरू पनि छन्।
धनियाँको दानालाई सुकाएर पिसेर मसला बनाउने गरिन्छ, जसले खानाको स्वाद दोब्बर बनाउँछ। यति मात्र होइन, यसको बीउ होस् वा पातको प्रयोग दुवै स्वास्थ्यका लागि निकै फाइदाजनक छन् ।
धनियाँमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, भिटामिन सी, भिटामिन के आदि जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छन्। त्यसैले बिहान खाली पेटमा धनियाँको दानाको पानी पिउनु निकै फाइदाजनक मानिन्छ । जानौँ धनियाँ पानी पिउनुका फाइदाहरू।
थाइराइड रोगीका लागि धनियाँको पानी अमृतभन्दा कम छैन । यसलाई दैनिक खाली पेटमा पिउनाले थाइराइड नियन्त्रण गर्न मद्दत गर्छ ।
बिहान खाली पेटमा धनियाँको पानी पिउनाले पाचनसम्बन्धी समस्याबाट मुक्ति मिल्छ । यसले एसिडिटीको समस्याबाट जोगाउँछ, जसले गर्दा जलन, ग्यास जस्ता समस्याहरू हुँदैन।
धनियाँको पानी पिउँदा तौल पनि नियन्त्रणमा रहन्छ । यसमा पाइने उच्च फाइबरको कारणले पेट लामो समयसम्म भरिपूर्ण रहन्छ, जसले भोक लाग्नबाट बचाउँछ र तौललाई पनि नियन्त्रणमा राख्छ ।
महिनावारीको समयमा दुखाइ र पेट दुखाइ कम गर्न धनियाँको पानी उत्तम विकल्प हो।
धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्टले भरिपूर्ण धनियाँको पानी दैनिक पिउनाले छालाको समस्याबाट मुक्ति मिल्छ। यसले छालाको रङ्ग निखार्छ र बुढ्यौली पनि सुस्त हुन्छ।
धनियाँको दानामा हाइपोग्लाइसेमिक गुण पाइन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ। दैनिक धनियाँको पानी पिउनाले मधुमेहका बिरामीलाई फाइदा हुन्छ ।
धनियाँको दानामा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ, जसले सुन्नेको कम गर्न मद्दत गर्छ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij