Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !

जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !


  • 2.2K
    Shares

    जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
    images

    एकजना ६२ वर्षीय जर्मन नागरिकले २९ महिनाको अवधिमा २१७ पटक कोभिड १९ को खोप लगाएका छन् ।

    अनौठो त के भने यतिधेरै खोप लगाउँदा पनि उनको शरीरमा न त त्यसको कुनै दूष्प्रभाव परेको छ, न त उनको रोग प्रतिरोधात्मक क्षमता नै कमजोर भएको छ । नाम नखुलाइएका ती व्यक्तिको सम्बन्धमा एउटा मामिला अध्ययन रिपोर्ट द लान्सेट इन्फेक्सस डिजिजेस नामक जर्नलमा प्रकाशित भएको छ ।

    हालसम्म के मान्यता रहिआएको छ भने धेरै खोप लगाउँदा व्यक्तिमा रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । तर, ती व्यक्तिले त्यस्तो मान्यता तथा चिन्तालाई पनि चुनौती दिएका छन् ।

    उक्त शोधका सहलेखक किलियम स्कोबरका अनुसार बिरामी पैदा गर्ने किटाणुहरुको लगातार सम्पर्कमा रहनाले टि सेल्स नामक विभिन्न प्रतिरक्षा कोशिाहरु कमजोर हुन सक्दछन् । यसबाट रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । यो घटनालाई इम्युन टोलरेन्सको रुपमा लिइन्छ ।

    ती जर्मन व्यक्तिले अत्यधिक खोप लगाएको घटना शरीरको सहनशीलता तथा कमजोर प्रतिक्रियाको सबूतको रुपमा एउटा उत्कृष्ट मामिला बनेको छ ।

    शोधकर्ता स्कोबर र उनको टोलीले समाचारको माध्यमबाट ती व्यक्तिको बारेमा पत्ता लगाएको थियो । अधिकारीहरुले ती व्यक्तिका विरुद्धमा धोकाधडीको अभियोगमा जाँच सुरु गरेका थिए । अनुसन्धानका क्रममा उनले ९ महिनाको अवधिमा १३० पटक कोरोना खोप लगाएको पुष्टि भएको थियो । तर उनीमाथि कहिल्यै पनि कुनै आपराधिक अभियोगमा मुद्दा दर्ता गरिएन ।

    स्कोबर भन्छन्- त्यसपछि हामीले उनीसँग सम्पर्क गर्यौं र उनलाई विभिन्न प्रकारका परीक्षण गराउनका लागि बोलायौं । उनलाई यस्तो गर्नुमा निकै रुचि थियो । शोधकर्ताका अनुसार ती व्यक्तिले अतिरिक्त ८७ वटा भ्याक्सिन लगाउने सूचना दिए । त्यसमा पनि आठवटा फरक खोप र अपडेट फर्मूलायुक्त थिए ।

    शोधकर्ताहरुले २१४औं देखि २१७औं खोपको डोजका क्रममा ती व्यक्तिको रगत तथा र्‍यालको नमूना संकलन गरे । त्यसपछि ती व्यक्तिको सरीरको प्रतिरक्षा प्रतिक्रियाहरुको तुलना ती २९ जना व्यक्तिहरुसँग गरे जसले आम मानिसहरुले जस्तै जम्मा ३ वटा डोज कोरोना खोप लिएका थिए । यसबाट के पत्ता लाग्यो भने ती व्यक्तिको शरीरमा खोपको अधिक डोजका कारण कुनै पनि दुष्प्रभाव देखिएन ।

    चिकित्सा परीक्षणका क्रममा पनि कुनै प्रकारको हाइपरभ्याक्सिनेसनसँग सम्बन्धित असामान्यता देखिएनन् । २१७ डोज कोरोना खोप लगाउँदा समेत ती व्यक्तिको रोग प्रतिरोधी क्षमता अन्य आम मानिसहरुको जस्तै पाइयो । हरेक पटक खोप लगाउँदा उनको रगतमा खोपको एन्टीबडीको स्तर बढ्ने तर लगत्तै घटेर सन्तुलनमा आउने गरेको देखिएको थियो ।

    बीबीसीको सहयोगमा

    प्रकाशित मिति :फाल्गुण २४ २०८० बिहिवार - ११:४०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij