२०८२ भाद्र २७ गते शुक्रवार
इस्लामावाद । पाकिस्तानमा अचानक भएको हिमपात र भारी वर्षाका कारण ३५ जनाको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।
मृत्यु हुनेमा बालबालिका पनि परेका छन् । जमिन भासिँदा कयौँ भवनहरू माटोले पुरिएका छन्। देशको उत्तरी र पश्चिमी क्षेत्रमा भारी हिमपात र वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै सयौँ घर डुबानमा परेका छन् ।
मार्चमा अचानक हिमपात र भारी वर्षा भएपछि मौसमविद्हरू पनि आश्चर्यमा परेका छन् । स्थानीयहरू पनि छक्क परेका छन् । उत्तर पश्चिम खैबर पख्तूनख्वामा भारी वर्षाका कारण कम्तीमा पनि १५० घरहरू पूरै ध्वस्त भएका छन् भने ५०० भवनहरूमा क्षति पुगेको बताइएको छ ।
सबैभन्दा धेरै क्षति खैबर पख्तुनख्वाको बलुचिस्तान प्रान्तमा भएको छ । यहाँका केही जिल्लामा विद्युत् आपूर्ति पूरै ठप्प भएको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij