Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अम्बानी परिवारकी बुहारी बन्न लागेकी राधिका पनि अर्बपतिकी छोरी

अम्बानी परिवारकी बुहारी बन्न लागेकी राधिका पनि अर्बपतिकी छोरी


  • 2.8K
    Shares

    अम्बानी परिवारकी बुहारी बन्न लागेकी राधिका पनि  अर्बपतिकी छोरी
    images

    काठमाडौँ । भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको प्रि–वेडिङ समारोहमा विश्वका चर्चित अर्बपतिहरु मार्क जुकरबर्ग, बिल गेट्सलगायत उपस्थित भए। 

    उक्त समारोहमा उच्च धनाढ्यहरुको उपस्थितिमात्र होइन, चर्चित गायिका रिहान्ना, बलिउडका चर्चित कलाकारहरुको प्रस्तुति पनि अर्को आकर्षण बन्यो। तर यतिबेला अम्बानी परिवारको बुहारी बन्नलागेकी राधिका मर्चेन्टबारेको चासो पनि कम छैन। 

    को हुन् त राधिका मर्चेन्ट ?
    राधिका आफैँ एक व्यवसायी र भारतीय औषधि उद्योगका चर्चित व्यवसायीकी छोरी हुन्। उनी विरेन र शाइला मर्चेन्टकी छोरी हुन्। विरेन र शाइला मर्चेन्टले सन् २००२ मा औषधि उत्पादक इनकोर हेल्थकेयरको स्थापना गरेका थिए। राधिकाले मुम्बईको बीडी सोमानी इन्टरनेशनल स्कुलबाट स्नातक गरेकी छिन्।

    सन् २०१७ मा राधिकाले अमेरिकाको न्युयोर्क युनिभर्सिटीबाट राजनीति विज्ञानमा स्नातक गरेकी थिइन्। न्युयोर्क युनिभर्सिटीमा अध्ययनकै क्रममा उनले धेरै व्यवसायहरुमा इन्टर्न गरेको एजेन्सीहरुले उल्लेख गरेका छन्। विलासी घरजग्गा कम्पनी इस्प्राभावमा काम थाल्नुअघि उनले मुम्बईमै सेडार कन्सल्ट्यान्टमा समेत व्यवसाय रणनीति कन्सल्ट्यान्टको रुपमा इन्टर्न गरेकी थिइन्। 

    राधिका अहिले इनकोर हेल्थकेयरको बोर्ड निर्देशक छिन्। जहाँ उनको दिदी अन्जली निर्देशक र बुबा विरेन सीईओ र उपप्रमुख तथा आमा शाइला प्रबन्धनिर्देशक छिन्। डीएनए इन्डियाका अनुसार मर्चेन्ट शास्त्रीय नृत्यको पनि तालिम लिएकी छिन्। 

    अनन्त र राधिकाले सन् २०२३ को जनवरीमा इन्गेजमेन्ट गरेका थिए। उनीहरु दुवै बाल्यकालका साथी समेत हुन्। 

    अर्बपतिकी छोरी, कति छ सम्पत्ति ? 

    राधिका मर्चेन्ट आफैँ पनि अर्बपतिकी छोरी हुन्।

    भारतीय मिडियाहरुका अनुसार उनका ५८ वर्षीय बुबा विरेन मर्चेन्टको कुल सम्पत्ति नै ७५० करोड भारु छ। विरेन अन्य धेरै कम्पनीमा निर्देशकीय भूमिकामा समेत छन्। 

    उनकी आमा शाइला समेत एक सफल उद्यमी हुन्। विरेनको परिवार मिडियामा आउन नरुचाउने गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ। 

    त्यसो त राधिका आफैँ पनि एक व्यवसायी हुन्। उनको सम्पत्ति १० करोड भारु रहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। 

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - १४:५०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij