Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

को हुन् अनन्त अम्बानीकी हुनेवाला श्रीमती राधिका?

को हुन् अनन्त अम्बानीकी हुनेवाला श्रीमती राधिका?


  • 7.2K
    Shares

    को हुन् अनन्त अम्बानीकी हुनेवाला श्रीमती राधिका?
    images

    विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानी विवाह गर्दैछन्। 

    उनले १२ जुलाईमा आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग विवाह गर्न लागेका हुन्। हाल जामनगरमा उनीहरूको प्रि-वेडिङ समारोह चलिरहेको छ। उक्त समारोह १ मार्चदेखि ३ मार्चसम्म चल्नेछ। 

    अनन्तकी हुनेवाला श्रीमती राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्। जो भारतका धनी व्यक्तिको सूचीमा आउँछन्। राधिका पनि व्यवसायमा संग्लन छिन्। 

    राधिकाले न्युयोर्कबाट आफ्नो पढाइ पूरा गरेकी हुन्। उनी नृत्यमा रूचि राख्छिन्। भारतीय सञ्चारमाध्यम वानइन्डियाका अनुसार राधिकासँग कुल सम्पत्ति ८/९ करोड भारू छ। उनको बुबा वीरेनसँग करिब ७५५ करोड भारू सम्पत्ति छ। राधिकाको जन्म गुजरातमा भएको हो। उनले न्युयोर्क युनिभर्सिटीबाट राजनीति र अर्थशास्त्रमा स्नातक पढेकी हुन्।

    व्यवसायिक परिवारकी राधिका र अनन्तको भेट बाल्यकालदेखि नै हुने गरेको बताइएको छ। राधिका र अनन्त लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए। उनीहरूले गतवर्ष इन्गेजमेन्ट गरेका थिए। 

     

    प्रकाशित मिति :फाल्गुण २० २०८० आइतवार - १९:३६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij