Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी बिक्री खुला, भाउ कति ?

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी बिक्री खुला, भाउ कति ?


  • 7.8K
    Shares

    • images
    मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी बिक्री खुला, भाउ कति ?
    images

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलाममा बिक्री गर्ने भएको छ ।

    बैंकले माइक्रोफाइनान्सको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो । शेयरको न्यूनतम मूल्य ४३७ रुपैयाँ तोकिएको छ ।

    लगानीकर्ताले न्यूनमत १०० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन ।

    यसअघि पनि एनआईसी एशियाले माघ ८ गतेदेखि फागुन १२ गतेसम्म मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ४६३ रुपैयाँमा ५ लाख ९८ हजार ५९६ कित्ता शेयर लिलाम बिक्री प्रक्रिया मार्फत खरिद गर्न आह्वान गरेको थियो ।

     सो शेयर खरिदका लागि चैत ४ गते (आज) देखि बैशाख ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १०:३०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij