२०८२ माघ १९ गते सोमवार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले मतदाताहरूलाई ‘कुन उम्मेदवार र कुन चिह्नलाई मत दिनुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले विज्ञप्ति जारी गर्दै मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको भन्दै रोक लगाउने निर्णय गरेको हो।
‘फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघनको कार्य भएको हुँदा यो सूचना जारी भएपश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij