Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

भारत सरकारले आगामी वर्ष नेपाललाई आठ सय करोड अनुदान दिने

भारत सरकारले आगामी वर्ष नेपाललाई आठ सय करोड अनुदान दिने


  • 1.3K
    Shares

    • images
    भारत सरकारले आगामी वर्ष नेपाललाई आठ सय करोड अनुदान दिने

    काठमाडौं । भारत सरकारले नेपाललाई वित्त वर्ष २०२६\२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ ।आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब अनुदान दिने उल्लेख गरिएको हो ।

    चालु वर्षमा भारतले नेपाललाई भारु ८ सय ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान गरेको छ । छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।

    भारतको आगामी बजेटमा माल्दिभ्सलाई ५ सय ५० करोड, म्यानमारलाई ३ सय करोड, श्रीलङ्कालाई ४ सय करोड, अफगानिस्तानलाई १ सय ५० करोड, बङ्गलादेशलाई ६० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय २५ करोड र मंगलोलियालाई २५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ । 

     

     

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १७:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij