Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

सुधन गुरुङले लिएर आएका महावीर पुन रिसाएर हिँड्नुभयो: प्रधानमन्त्री

सुधन गुरुङले लिएर आएका महावीर पुन रिसाएर हिँड्नुभयो: प्रधानमन्त्री


  • 603
    Shares

    सुधन गुरुङले लिएर आएका महावीर पुन रिसाएर हिँड्नुभयो: प्रधानमन्त्री
    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार छाडेर चुनावमा जाँदैमा ‘बेइमानी’ नभन्न आग्रह गरेकी छन् । सोमबार (माघ १९) राष्ट्रियसभा बैठकमा गरिएका प्रश्नको जवाफ दिँदै उनले ‘जेनजी’को दबाबमा उनीहरूलाई मन्त्री बनाइएको बताइन् ।

    “भदौ २७ गते शपथग्रहण गरेँ । जेनजीको ठूलो प्रेसर थियो । त्यसमा महावीर पुनको नाम आयो । त्यसपछि कुलमान घिसिङको प्रेसर गरे । हामीले त तत्काल मान्नुपर्ने पनि थियो,” उनले भनिन् ।

    उनले आफूले नै कुलमान घिसिङ, महावीर पुनलगायत व्यक्तिहरूलाई हात जोडेर सरकारमा बस्न आग्रह गरेको सुनाइन् । “जेनजीको प्रेसर के थियो भने, यिनीहरूलाई लिनैपर्छ । कुलमानलाई लिनैपर्छ । पुनलाई लिनैपर्छ । सञ्चारमन्त्रीहरूलाई पनि लिनैपर्छ भन्ने आवाज आयो,” प्रधानमन्त्री कार्कीले भनिन्, “मैले नै हात जोडेर जति दिन तपाईंहरू बस्ने हो, बसिदिनुस् भनेको थिएँ । बल्लु गुप्ता, सञ्चारमन्त्री भन्ने पनि जनेजीबाट आयो ।”

    अन्तरिम सरकारका खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चारमन्त्री बनेका जगदीश खरेल ‘लोकप्रिय’ भएकाले चुनावमा उमेदवार बन्छन् भन्ने आफूलाई पहिल्यै लागेको उनले उल्लेख गरिन् । “चुनावमा जान्छन् भन्ने हामीलाई थाहा थियो । बेइमानी त्यहाँनेर हुन्छ, सरकारमा बसीबसी कोही चुनाव लड्छ भने । अन्तरिम सरकारमा बसेर बेइमानी गर्‍यो भन्न सकिन्छ,” उनले भनिन् ।  

    सरकार छाडेर चुनावमा जानेलाई खादा ओढाएर बिदाइ गरिएको उनले बताइन् । “दोष लगाउनुहुन्छ भने मलाई लगाउनुस् । जुन दिन तपाईंहरू जाने हो, म बिदाइ गर्छु भनेको हो,” उनले भनिन्, “मलाई लाग्दैन कि उनीहरूले बेइमानी गरे । त्यो भन्नु बेकार छ । उनीहरूको जीवन हो, उनीहरूको उमेर छ ।”

    निवर्तमान शिक्षामन्त्री पुनलाई सुधन गुरुङले अँगालो हालेर ल्याएको पनि उनले खुलाइन् । “पुनलाई त एकप्रकारले अँगालो हालेर सुधन गुरुङले लिएर आयो । किताब बेच्दाबेच्दै सडकबाट उठाएर लिएर आएको हो,” उनले भनिन्, “जेनजीको प्रेसर थियो, ल्याउनैपर्ने । उनीहरूको प्रेसर थियो, हामी चाहेको बेलामा निस्किएर जान्छौँ ।”

    पुन रिसाएर सरकारबाट बाहिरिएको पनि उनले बताइन् । “पुन त रिसाएर हिँड्नुभएको हो । दुईचारवटा कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो । तर, छोटो समयमा हामीले उहाँलाई सहयोग गर्न सकेनौँ,” उनले भनिन्, “अनेक परिस्थिति हुन्छ । सबै कुरा हुँदैन ।”  उनले सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भन्नु उचित नभएकामा जोड दिइन् ।

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १५:५०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij