२०८२ माघ १९ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । आज आज नेप्से परिसूचक १.५३ अंकले बढेर २,६९५ को विन्दुमा कायम भएको छ ।
आज ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २२ करोडको शेयर कारोबार भएको छ ।
समूहगत परिसूचकमध्ये होटल र पर्यटन १.७७ प्रतिशत बढेको छ भने विकास बैंक ०.७७ प्रतिशतले उकालो लागेको छ । फाइनान्स उपसूचक ०.८९ प्रतिशतले ओरालो लाग्दा जीवनबीमा भने ०.३५ प्रतिशतले घटेको छ ।
एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर १० प्रतिशतले बढ्यो भने मिथिला लघुवित्त वित्तिय संस्थाको मूल्य १० प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको ३८ करोड ५० लाखको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij