Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

ढाकास्थित एक भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

ढाकास्थित एक भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु


  • 3.7K
    Shares

    ढाकास्थित एक भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु
    images

    काठमाडौं । बंगलादेशको ढाकास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । उपचारका लागि अस्पतालहरुमा पठाइएकोमा उनीहरुलाई मृत घोषणा गरिएको बंगलादेशका स्वास्थ्य मन्त्रीले बताएका छन् ।

    सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

    दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा आगलागी भएको थियो । पछि भवनभरी नै आगो फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सो भवनमा अन्य धेरै रेस्टुरेन्ट, कपडा र मोबाइल फोन पसलहरू पनि रहेका छन् । आगलागी नियन्त्रणमा लिएर घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८० शुक्रवार - ०६:४८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij