Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

अचानक बेहोस भएमा के गर्ने?

अचानक बेहोस भएमा के गर्ने?


  • 2.6K
    Shares

    • images
    अचानक बेहोस भएमा के गर्ने?
    images

    काठमाडौँ । मानिस जतिबेला, जहाँ पनि बेहोस हुनसक्छ । यसमा उमेर, शारीरिक तन्दुरुस्ती, समय र ठाउँको पनि खास प्रभाव हुँदैन । हेर्दा खाइलाग्दा र तन्दुरुस्त व्यक्ति पनि अचानक बेहोस भइरहेका हुन्छन् ।

    मानिस बेहोस हुनुमा मुख्य दुई कारण छन् । जसलाई चिकित्सकीय भाषामा मेटाबोलिकल र भास्कुलर भनिन्छ ।

    शरीरमा पानी, नुन, भिटामिन बी १२ को कमी,  मधुमेह, उच्च वा न्यून रक्तचाप, उच्च ज्वरो, शरीर कमजोर जस्ता कारणले बेहोस हुनुलाई मेटाबोलिकल कारण भनिन्छ । व्रत बसेको बेला, काजक्रियामा बसेको बेला धेरै जना बेहोस भइरहेका हुन्छन् । केही सेकेण्डका लागि बेहोस हुने समस्या केमिकल गडबडीका कारण हुने गर्छ ।

    भास्कुलर दिमागको नसामा असर परेर बेहोस हुने कारण हो । छारेरोग, स्ट्रोक, ट्युमर भएमा, मस्तिष्क सुन्निएमा, शरीरमा अक्सिजनको मात्रा कमी भएमा, मुटुको चाल गडबडी भएमा, दिमागमा रगतको कमी भएमा, दिमागमा पिप जमेर वा कुनै संक्रमण भएमा मानिस बेहोस हुनसक्छ । औषधिको ओभरडोज, धुम्रपान, मद्यपान बढी गर्दा पनि बेहोस हुने गर्छन् ।

    यो कारणमा मानिस एक मिनेटभन्दा बढी समय बेहोस हुने गर्छन् ।

    प्रकाशित मिति :फाल्गुण १७ २०८० बिहिवार - १४:०७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij