Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

छोराले एमालेबाट चुनाव जिते, बाबु कांग्रेसबाट निष्कासित

छोराले एमालेबाट चुनाव जिते, बाबु कांग्रेसबाट निष्कासित


  • 1.9K
    Shares

    छोराले एमालेबाट चुनाव जिते, बाबु कांग्रेसबाट निष्कासित

    काठमाडौं । नेपाली कांग्रेसले बझाङका पूर्वकिसान संघ जिल्ला अध्यक्ष रामबहादुर महरलाई पार्टीबाट निष्कासन गरेको छ ।

    पार्टीको आचरण, अनुशासन र विधान विपरीत कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेही विरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा जिल्ला समितिले कारबाही सिफारिस गरेको हो ।

    बझाङमा नेकपा एमालेबाट ऐन महर निर्वाचित भएका छन् । कांग्रेस नेता रामबहादुर एमालेबाट चुनाव जितेका ऐनका बाबु हुन् । पार्टीको उम्मेदवारलाई हराएर छोरालाई जिताएको भन्दै कांग्रेसले पार्टीबाट निकालेको हो ।

    यस्तै, कांग्रेस जिल्ला कमिटी सदस्य अक्कल कुँवर, भक्तबहादुर सिंह, वित्थडचिर गाउँपालिका अध्यक्ष अम्मर महर र तरुण दल केन्द्रीय सदस्य रवि कुमार सिंहलाई स्पष्टीकरण माग्ने, चित्त बुझ्दो जवाफ नआएको खण्डमा कारबाही गर्न समेत सिफारिस गरेको छ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८२ मंगलवार - १७:३३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij