Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

के छन् जाडोमा च्यवनप्राश सेवन गर्नुका फाइदा ?

के छन् जाडोमा च्यवनप्राश सेवन गर्नुका फाइदा ?


  • 3.6K
    Shares

    • images
    के छन् जाडोमा च्यवनप्राश सेवन गर्नुका फाइदा ?
    images

    काठमाडौं । सबै उमेर समूहका मानिसका लागि पोषणयुक्त मानिन्छ च्यवनप्राश । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्राशले मद्दत गर्ने आयुर्वेदले बताउँछ ।

    अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि, मुल्तानी, जाभा लगायत कम्पनीहरूले च्यवनप्राश उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीमध्ये विभिन्न जडीबुटी, घिउ, तिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर च्यवनप्राश यसमा अग्रणी मानिन्छ ।

    संस्कृतबाट आएको च्यवनप्राश शब्द आयुर्वेद र नवीन विज्ञानको प्राचीन भारतीय ज्ञानसँग बनाइएको एक सूत्र हो । च्यवनप्राश एक पौष्टिक जाम हो, जसले हाम्रो स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्त बनाउन भूमिका खेल्छ ।

    घिउ, तिलको तेल र महले जडिबुटीलाई कोषिकाको गहिराइमा लैजानु उत्पे्ररक एजेन्टको रुपमा काम गर्छ । जबकि महले अन्य प्रमुख तत्वको प्रभावलाई बेवास्ता गर्न र सुरक्षा गर्न मद्दत गर्छ । च्यवनप्राशले मांसपेशी बलियो, कलिलो र रिष्टपुष्ट बनाउनको लागि सहयोग गर्छ ।

    च्यवनप्राशको सेवन गरे छाला नरम र चम्किलो हुन्छ । बढ्दो उमेरसँगै देखिने बुढ्यौलीलाई कम देखाउन पनि च्यवनप्राशको सेवन गरे लाभदायक हुन्छ । यस्तै स्मरणशक्ति बढाउन र पाचन प्रणालीमा पनि च्यवनप्राश फाइदाजनक मानिएको छ ।

    डाबर च्यवनप्राशमा विभिन्न जडिबुटी, अमला, घिउ, तिलको तेल र महको मिश्रण हुने कम्पनीको दाबी छ ।

    कसरी प्रयोग गर्ने च्यवनप्राश ?

    च्यवनप्राशको कुनै खास समयमा भन्दा पनि जहिलेसुकै सेवन गर्न सकिन्छ । अझ जाडो मौमसमा यसको सेवन गर्दा शरीरलाई थप फाइदा गर्छ । च्यवनप्राशलाई सिधै पनि खान सकिन्छ, तर तातो दूध वा तातो पानीसँग खाँदा अझ उपयोगी हुन्छ ।

    वयस्कका लागि एक चम्चा दिनमा दुई पटक प्रयोग गर्ने, बिहान खाली पेटमा एक चम्चा, नास्ता गर्नुअघि र बेलुकाको खानाको ३० मिनेटअघि एक चम्चा खान सकिन्छ । ३ देखि १२ वर्षका बच्चाको लागि दैनिक दुइर्पटक आधा चम्चा खुवाउनुपर्छ ।

    च्यवनप्राशका फाइदा

    च्यवनप्राशले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । धुलो र मौसम परिवर्तनका कारण हुने खोकी र चिसोमा यो लाभदायक हुन्छ । यसले शरीरमा जोश, जाँगर बढाउन पनि मद्दत पुर्‍याउँछ ।

    च्यवनप्राशको सेवनले पोषकतत्वको कमी र गलत पाचन प्रणालीका कारण हुने कुपोषण विरुद्ध लड्न पनि सहयोग पुर्‍याउने बताइन्छ । च्यवनप्राशमा विभिन्न रसायन जडिबुटी भएकाले विभिन्न प्रकारका संक्रमणविरुद्ध पनि यसले काम गर्ने कम्पनीहरु दाबी गर्छन् ।

    प्रकाशित मिति :फाल्गुण १५ २०८० मंगलवार - १६:३३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij